नियम २३
पुनरावेदनपत्रको जाँचबुझ र दर्ता
(१) पुनरावेदन न्यायाधिकरण समक्ष प्राप्त हुन आएको पुनरावेदन नियम २१ र २२ बमोजिम रीत पुगे नपुगेको जाँची रीत पुगेको भए त्यस्तो पुनरावेदनपत्र दर्ता गरी सोको निस्सा सम्बन्धित पुनरावेदकलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुनरावेदनपत्र जाँच गर्दा रीत नपुगेको देखिन आएमा रीत नपुगेको व्यहोरा खुलाइ दरपीठ गरी त्यस्तो पुनरावेदनपत्र फिर्ता गर्नु पर्नेछ ।